
राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताउनुभएको छ ।
उहाँले आजको राष्ट्रियसभाको बैठकमा बोल्दै सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताउनुभयो । केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरूमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएकाले यातायात आवतजावत गर्न कठिनाई भईरहेकोे छ ।
राजश्व संकलनमा समेत प्रभाव परेको उहाँले बताउनुभयो । दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुने उहाँले जानकारी दीनुभयो ।
सो सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान दीन आग्रह गर्नुभएको छ ।
उहाँले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

