
सिन्धुपाल्चोक जिल्लास्थित धार्मिक तथा पर्यटकीय महत्वको पाँचपोखरी क्षेत्रमा यतिखेर सरकारी जग्गा अतिक्रमण गरी व्यापक रुपमा घर–टहरा बनाउने काम चलिरहेको छ ।
स्थानीय युवा क्लबको अगुवाईमा एकदर्जनको हाराहारीमा अवैध तवरले ठडिएको घर टहराकै कारण यतिखेर पाँचपोखरी उपत्यका कुरुप बन्न पुगेको छ ।
पाँचपोखरीको यात्राबाट फर्किका चौताराका अम्बर बहादुर घले, विकास नापितले बताउनु भए अनुसार त्यहाँ दर्जनको हाराहारीमा घर–टहरा ठड्याइसकेको र अन्य ५–७ वटा घर–टहरा तीब्र गतिमा निर्माण भइरहेको छ ।
पाँचपोखरी क्षेत्रमा निर्माण भइरहेको घर टहरा र थुपारिएका निर्माण सामग्रीले पाँचपोखरी क्षेत्र कुरुप बन्न पुगेको छ भने जताततै फोहोरै फोहोरले पाँचपोखरी दुर्घन्दित बन्न पुगेको पाँचपोखरी क्षेत्रमा पुगेर फर्केका यात्रीहरुले बताएका छन ।

