BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

हेलम्बु गाँउपालीका वडा नम्बर ५ को उर्लेनीमा जोखीममा परेका परीवारलाई गाँउपालीकाले सहयोग गरेको छ ।

हेलम्बु गाउपालिका वडा नं ५ स्थित सिरीसे उर्लेनी कल्लेरी लगायत अति जोखिम भएका वस्ति को स्थलगत अनुगमन गरी अती जोखीम परीवार लाई अस्थायी वासस्थानको व्यवस्था गर्नको लागी आवश्यक सामाग्रि हस्तान्तरण गरेको गाँउपालीकाको उपाध्यक्ष अप्सरा लामीछानेले जानकारी दीनुभएको छ ।

हेलम्बु गाँउपालीका वडा नम्बर ५ का वडा अध्यक्ष दिप कुमार तामाङ्गको उपस्थीतीमा सो सामाग्रि हस्तान्तरण गरीएको उपाध्यक्ष लामीछानेले जानकारी दिनुभयो । जोखिममा रहेको मोटरबाटो लगाएत बस्तीको शंरक्षणमा पालीकाले काम गरीरहेको र नागरीकको जिउधनको शुरक्षा पहीलो प्राथमीकतामा रहेको उहाँले बताउनुभएको छ ।

बर्षयाम सुरु भएसंगै हुने अविरल वर्षातका कारण हुनसक्ने दुर्घटनाबाट बच्न विपद हुनु पुर्व नै सुरक्षित रहनु अति उत्तम उपाय भएको उपाध्यक्ष लामीछानेले सामाजीक स१जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

यस्ता कुनै सम्भावित स्थानहरु तत्काल छाड्न र अस्थायी बास स्थानको तयारी गर्न नसकिने विपन्न वर्ग र आर्थिक रुपमा कमजोर हेलम्बुवासीले आफ्नो वडा कार्यालयमा पुगि वडा अध्यक्षहरुलाई सम्पर्क गर्न र आवश्यक सहयोगको लागि गाउँपालिकामा तत्काल सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय