BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

दश बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु गरीने भएको छ ।

२०६७ सालदेखी निर्माण कार्य बन्द भएर खारेज भएको आयोजनालाई नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडले लिलामीमा सकारेर निर्माण प्रक्रिया थालिने भएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजना निर्माणको लागि आज कंम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलबिद्युत क्षेत्रको बिकासका लागि स्थानीय सरकार सकारात्मक रहेको र स्थानीयको समस्या समाधान गर्दै तल्लो इन्द्रावती आयोजना निर्माणमा सहयोग गर्ने बताउनुभयो । यस्तै उप प्रमुख उमा प्रधानले आयोजना निर्माणका लागि सहकार्य गर्दै प्रभावित क्षेत्रको बिकासमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावित स्थानीयहरुबाट उठेका प्रश्न लगायत जलबिद्युत क्षेत्रको महत्व र आबश्यक्ताका बिषयमा नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले प्रष्ट पार्नुभएको थियो ।

आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडा प्रत्यक्ष प्रभावित हुने कंम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का वडा अध्यक्ष, प्रभावित स्थानीय लगायत बिभिन्न सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय