BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

दश बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु गरीने भएको छ ।

२०६७ सालदेखी निर्माण कार्य बन्द भएर खारेज भएको आयोजनालाई नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडले लिलामीमा सकारेर निर्माण प्रक्रिया थालिने भएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजना निर्माणको लागि आज कंम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलबिद्युत क्षेत्रको बिकासका लागि स्थानीय सरकार सकारात्मक रहेको र स्थानीयको समस्या समाधान गर्दै तल्लो इन्द्रावती आयोजना निर्माणमा सहयोग गर्ने बताउनुभयो । यस्तै उप प्रमुख उमा प्रधानले आयोजना निर्माणका लागि सहकार्य गर्दै प्रभावित क्षेत्रको बिकासमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावित स्थानीयहरुबाट उठेका प्रश्न लगायत जलबिद्युत क्षेत्रको महत्व र आबश्यक्ताका बिषयमा नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले प्रष्ट पार्नुभएको थियो ।

आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडा प्रत्यक्ष प्रभावित हुने कंम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का वडा अध्यक्ष, प्रभावित स्थानीय लगायत बिभिन्न सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय