BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालले नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन गर्नुभएकाे छ।
आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताउनुभयाे ।

नवलपुर गाउँपालिकाको राजधानी भएकोले यहाँका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागि पर्नुपर्ने उहांकाे भनाई थियाे ।

भुकम्प स्मारक भृकुटी पार्क बागमती प्रदेश को आर्थिक सहयोगमा निर्माण भएको हो।

इन्द्रावती गाउँपालिका वडा ४ नवलपुर मा अवस्थित नकर्मी टोलमा रहेको इतिहास बोकेको ढुङ्गा थियो त्यहा फलामको खानी पनि थियो त्यहा औजारहरु बनाउने गरिन्थ्यो उक्त ढुङ्गा लाई च्यासल ढुङ्गा पनि भनिने गरेकाे छ ।

प्राचिनकालमा फलामको उक्त ढुङ्गामा फलाममा औजारहरु बनाउने र त्यो औजारहरु तिब्बतमा पुग्ने गरेको इतिहासमा उल्लेख छ। इतिहास लाई स्थापित गर्न भुकम्प स्मारक पार्क निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय