BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |

इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालले नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन गर्नुभएकाे छ।
आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताउनुभयाे ।

नवलपुर गाउँपालिकाको राजधानी भएकोले यहाँका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागि पर्नुपर्ने उहांकाे भनाई थियाे ।

भुकम्प स्मारक भृकुटी पार्क बागमती प्रदेश को आर्थिक सहयोगमा निर्माण भएको हो।

इन्द्रावती गाउँपालिका वडा ४ नवलपुर मा अवस्थित नकर्मी टोलमा रहेको इतिहास बोकेको ढुङ्गा थियो त्यहा फलामको खानी पनि थियो त्यहा औजारहरु बनाउने गरिन्थ्यो उक्त ढुङ्गा लाई च्यासल ढुङ्गा पनि भनिने गरेकाे छ ।

प्राचिनकालमा फलामको उक्त ढुङ्गामा फलाममा औजारहरु बनाउने र त्यो औजारहरु तिब्बतमा पुग्ने गरेको इतिहासमा उल्लेख छ। इतिहास लाई स्थापित गर्न भुकम्प स्मारक पार्क निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय