BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

नेपाली कांग्रेसको नेतृत्व तहमा हेर्ने हो भने अहीलेसम्म विद्यार्थी आन्दोलनबाट आउनेहरुले नै नेतृत्व गरीरहेका छन् । विभिन्न आन्दोलनको चरणहरुमा अग्रभागमा रहेर आन्दोलन गर्नेहरुले पार्टीभित्र आफ्नो पकड बलीयो बनाएका छन् ।

२०४६ सालमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत विरुद्धको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । चाबहिल क्षेत्रमा आन्दोलनको नेतृत्वदायी भूमिकाको अग्रपङ्तीमा खटिनुभएको थियो साँखुका युवा राजेन्द्रबहादुर गोर्खाली ।

कांग्रेस निकट पारिवारिक पृष्ठभूमीबाट प्रभावित भएर आन्दोलनको अग्र मोर्चामा खटिनुभएका गोर्खालीलाई लक्षित गरी तत्कालीन प्रहरी निरीक्षक जितबहादुर पुनले गोली प्रहार गर्नुभयो । संयोग मान्नुपर्छ गोली गोर्खालीको साटो नजिक रहेका अर्का युवालाई लाग्यो, आन्दोलनको अन्तिम दिन गोर्खालीको ज्यान बाल बालले बचेको थियोे । आन्दोलन होस या पार्टीको विभिन्न गतिविधि गोर्खालीले ज्यान हत्केलामा राखेर सहभागी भइहनुभयो । सन्त नेता कृष्णप्रसाद भट्टराईको चुनावी मोर्चामा होस या नेपाली कांग्रेसले सञ्चालन गरेका आन्दोलनको मोर्चा गोर्खाली सँधै अग्रपङ्तीमै रहेर काम गर्नुभयो ।

पछिल्लो समय सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको राजनीतिमा डेव्यु गर्नुभएका गोर्खालीको राजनीतिक इतिहाँस बिपी कोइरालासँग जोडिएको छ । साँखुमा पञ्चायती राजनीतिका हस्ती जोगमेहेर श्रेष्ठसँग टक्कर गर्दै कांग्रेस राजनीतिमा होमिनुभएका उहाँका बाबु सुर्यबहादुर गोर्खाली पटक पटक जेल परपर्नुभयोे । उहाँ विपी कोइरालासँग प्रभावित भएर कांग्रेस राजनीतिमा लाग्नुभएको थियो ।

पञ्चायत विरुद्ध विद्यार्थी राजनीतिमा होमिनुभएका उहाँका दाजु पुस्करबहादुर गोर्खाली २०३२ सालदेखि ३५ सालसम्म कृष्णप्रसाद भट्टराई, मार्शलजुलुम शाक्य, रामचन्द्र पौडेलहरुसँगै नख्खु जेलमा थुनिनु भएको थियो । उपत्यकाको पब्लिक युथ क्याम्पसमा संस्थापक नेविसंघ सभापति पुस्करले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि नेविसंघको नेतृत्व गर्नुभएको थियो ।

बिपीको देहवसानसँगै कांग्रेस राजनीतिमा लाग्नुभएका गोर्खालीले नवौं महाधिवेशनमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टीको क्रियाशील पाएको दुई दशक बढि समय गोर्खाली पर्दा पछाडी बसेर पार्टी र संगठनलाई सहयोग गरीरहनुयो । राजधानीको विद्यार्थी राजनीतिमा तत्कालीन अखिलका नेता रुपनारायण श्रेष्ठको दबदबा रहेका बेला नेविसंघका नेताहरुको संरक्षणमा गोर्खालीको महत्वपूर्ण योगदान रहेको तत्कालीन विद्यार्थी नेताहरु स्मरण गर्छन् ।

नविन्द्रराज जोशी, एनपी साउद, बिरबहादुर बलायर, प्रदिप पौडेललगायतका नेविसंघ नेताहरुलाई उहाँले सहयोग गर्नुभएको थियो । राजनीतिमा आबश्यक पर्ने आर्थिक, नैतिक सबै प्रकारका सहयोग नेविसंघ नेतृत्वलाई उपलव्ध गराएको उहाँले बताउनुभयो । हरेक पटकको स्वतन्त्र विद्यार्थीको निर्वाचनमा राजधानीका क्याम्पसहरुमा नेविसंघलाई जिताउन उहाँको महत्वपूर्ण भूमिका रहने गरेको विद्यार्थी नेताहरु बताउँछन् । चाबहिलको पशुपति क्याम्पसमा नेविसंघको स्थापनामा गोर्खालीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

समाजसेवा मार्फत राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोर्खाली चाबहिलको हेल्पिङ ह्याण्डस अस्पतालका सञ्चालक समेत हुनुहुन्छ । पछिल्लो समय सिन्धुपाल्चोकबाट उपचारका लागि गएका बिरामी उहाँको प्राथमिकतामा पर्छन् । उहाँले जिल्लाका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको बताउनुभयो ।

प्राकृतिक बिपत्ति या कोभिड महामारी उहाँले सिन्धुपाल्चोक र अझ विशेषगरी निर्वाचन क्षेत्र नं. २ मा सामाजिक सेवामा सक्रियता देखाउनुभयो । जतिबेला जनता समस्यामा पर्छन् त्यतिबेला हामीले साथ दिनुपर्छ, उहाँले भन्नुभयो, त्यसैले बिपत्ति र महामारीका बेलाहरुमा मल्हम पट्टी गर्न म जिल्लाका गाउँ गाउँमा पुगेको छु ।

समाज सेवा र राजनीतिलाई एक साथ अघि बढाउन उहँले सुविधा सम्पन्न राजधानी भन्दा सिन्धुपाल्चोकको बिकट बस्ती रोज्नुभएको छ । अहिले उहाँ इन्द्रावती गाउँपालिका–९, भोटसिपाका बासिन्दा हुनुहुन्छ । अवसर र सम्भावना राजधानीमा भएपनि समाज सेवा बिकट बस्तीमा आबश्यक भएकाले राजनीतिक कर्मभूमी सिन्धुपाल्चोकलाई रोजेको उहाँले बताउनुभयो ।

भोटसिपाबाट कांग्रेस राजनीतिमा डेव्यु गर्नुभएको नेता गोर्खाली पार्टीको १४ औं महाधिवेनमा त्यहींबाट क्षेत्रीय प्रतिनिधि चयन हुनुभयो । क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा उत्कृष्ट पाँच भित्र परेर महाधिवेशन प्रतिनिधि जित्नुभएको गोर्खालीले जिल्ला अधिवेशनमा भएको महासमिति सदस्य निर्वाचनमा लोकप्रिय मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभयो । यो चुनावी परिणामले छोटो समयमा गोर्खालीले कांग्रेस राजनीतिमा हासिल गरेको उपलव्धिलाई प्रमाणित गरेको छ ।

शालीन स्वभाव, नम्र व्यवहार र सामाजिक भावनानै राजनीतिमा उहाँको सफलताको कडी भएको जिल्लाका कांग्रेस नेता, कार्यकता बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय