BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

आगामी मंसिर ४ गते हुने निर्वाचका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राजेन्द्र बहादुर गोर्खाली (राजु) सहित ४ जना उमेदवारको सिफारिस गरिएको छ ।

सिन्धु कांग्रेसमा युवाहरुको माझमा लोकप्रिय नेताको रुपमा परीचीत गोर्खालीले विभिन्न समयमा परेको विपदहरुको समयमा आर्थीक भौतीक तथा मानविय सहयोग गर्दै आउनुभएको छ । मेलम्ची, हेलम्बुको बाढीपहिरो, कोरोनाको जस्ता विपदहरुको गोर्खालीले यस क्षेत्रमा बलियो उपस्थीती जनाउनुभएको छ ।

युवा व्यावसायी गोर्खालीले पार्टीको विभिन्न संगठनमा रहेर कुशलतापुर्वक काम गरीसक्नुभएको छ । गोर्खालीसंगै वशंलाल तामाङ, बिष्णु बिक्रम थापा र अनुप न्यौपानेको सिफरीस गरीएको छ ।

यस्तो छ गोर्खालीको राजनीतीक ईतीहास :

नेपाली कांग्रेसको नेतृत्व तहमा हेर्ने हो भने अहीलेसम्म विद्यार्थी आन्दोलनबाट आउनेहरुले नै नेतृत्व गरीरहेका छन् । विभिन्न आन्दोलनको चरणहरुमा अग्रभागमा रहेर आन्दोलन गर्नेहरुले पार्टीभित्र आफ्नो पकड बलीयो बनाएका छन् ।

कांग्रेस निकट पारिवारिक पृष्ठभूमीबाट प्रभावित भएर २०४६ सालमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत विरुद्धको आन्दोलनको नेतृत्वदायी भूमिकाको अग्रपङ्तीमा खटिएका साँखुका युवा राजेन्द्रबहादुर गोर्खाली हुनुहुन्थ्यो ।

आन्दोलन होस या पार्टीको विभिन्न गतिविधि गोर्खालीले ज्यान हत्केलामा राखेर सहभागी भइरहनुभयो । सन्त नेता कृष्णप्रसाद भट्टराईको चुनावी मोर्चामा होस या नेपाली कांग्रेसले सञ्चालन गरेका आन्दोलनको मोर्चा गोर्खाली सँधै अग्रपङ्तीमै रहेर काम गर्नुभएको छ ।

पछिल्लो समय सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका गोर्खालीको राजनीतिक इतिहाँस बिपी कोइरालासँग जोडिएको छ । साँखुमा पञ्चायती राजनीतिका हस्ती जोगमेहेर श्रेष्ठसँग टक्कर गर्दै कांग्रेस राजनीतिमा होमिएका उहाँका बाबु सुर्यबहादुर गोर्खाली पटक पटक जेल पर्नुभयो । उहाँ विपी कोइरालासँग प्रभावित भएर कांग्रेस राजनीतिमा लाग्नुभएको हो ।

बिपीको देहवसानसँगै कांग्रेस राजनीतिमा लागेका गोर्खालीले नवौं महाधिवेशनमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टीको क्रियाशील पाएको दुई दशक बढि समय गोर्खाली पर्दा पछाडी बसेर पार्टी र संगठनलाई सहयोग गर्नुभएको छ । राजनीतिमा आवश्यक पर्ने आर्थिक, नैतिक सबै प्रकारका सहयोग नेविसंघ नेतृत्वलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । चाबहिलको पशुपती क्याम्पसमा नेविसंघको स्थापनामा गोर्खालीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

समाजसेवा मार्फत राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोर्खाली चाबहिलको हेल्पिङ ह्याण्डस अस्पतालका सञ्चालक हुनुहुन्छ । पछिल्लो समय सिन्धुपाल्चोकबाट उपचारका लागि गएका बिरामी उहाँको प्राथमिकतामा पर्छन् । उहाँले जिल्लाका बिरामीलाई उपचारमा सहुलियत दिने गर्नुभएको छ ।

प्राकृतिक बिपत्ति या कोभिड महामारी उनले सिन्धुपाल्चोक र अझ विशेषगरी निर्वाचन क्षेत्र नं. २ मा सामाजिक सेवामा सक्रियता देखाउनुभएको छ । “जतिबेला जनता समस्यामा पर्छन् त्यतिबेला हामीले साथ दिनुपर्छ”, उहाँले भन्नुभयोे, “त्यसैले बिपत्ति र महामारीका बेलाहरुमा मल्हम पट्टी गर्न म जिल्लाका गाउँ गाउँमा पुगेको छु” ।

समाज सेवा र राजनीतिलाई एक साथ अघि बढाउन उनले सुविधा सम्पन्न राजधानी भन्दा सिन्धुपाल्चोकको बिकट बस्ती रोज्नुभएको छ । अहिले उहाँ इन्द्रावती गाउँपालिका–९, भोटसिपाका बासिन्दा हुनुहुन्छ । अवसर र सम्भावना राजधानीमा भएपनि समाज सेवा बिकट बस्तीमा आबश्यक भएकाले राजनीतिक कर्मभूमी सिन्धुपाल्चोकलाई रोजेको उहाँले बताउनुभयो ।

भोटसिपाबाट कांग्रेस राजनीतिमा होमिनुभएका गोर्खाली पार्टीको १४ औं महाधिवेनमा त्यहींबाट क्षेत्रीय प्रतिनिधि चयन हुनुभयो । क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा उत्कृष्ट पाँच भित्र परेर महाधिवेशन प्रतिनिधि जितेका गोर्खालीले जिल्ला अधिवेशनमा भएको महासमिति सदस्य निर्वाचनमा लोकप्रिय मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको छ । यो चुनावी परिणामले छोटो समयमा गोर्खालीले कांग्रेस राजनीतिमा हासिल गरेको उपलव्धिलाई प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय