BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

मंसिर ४ गतेको निर्वाचनका लागी सबै दलहरुले आ–आफ्ना उम्मेदवारहरु सिफरीस गरीरहेका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोकले पनि २ वटैै निर्वाचन क्षेत्र र ४ बटै प्रदेशसभा र समानुपातीकतर्फका उम्मेदवारहरु सिफरीस गरेको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको लागि सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा ’ख’ को समानुपातीकतर्फ उम्मेदवारको लागि जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले युवा रामशरण गिरीलाई सिफारिस गरेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको बैठकबाट जिल्ला कार्यसमितिले सो निर्णय गरेको हो । यसअघि प्रदेश कार्यसमीती र क्षेत्रिय कार्यसमीतीमा नअट्नुभएका गिरीको नाम जिल्ल कार्यसमीतीले सिफरीस गरेको हो ।

मोहन बहादुर बस्नेत र बिष्णु बिक्रम थापालाई गिरीले राजनीतीक अभिभावक मान्ने गर्नुभभएको छ । पारीवारीक रुपमा पनि नेपाली कांग्रैसको पृष्ठभभूमीमा हुर्कनुभएका गिरी लामो समयदेखी सक्रिय राजनीतीमा हुनुहुन्छ । तालामाराङ पञ्चायत हुंदा लक्ष्मिप्रसाद गिरी र नेत्रबिक्रम थापाको निर्देशन गिरीका बुबा चेत प्रसाद गिरीले सक्रिय राजनीती सुरु गर्नुभएको थियो । नेपाल तरुण दलका जिल्ला नेता मत बहादुर गिरीले आफ्नो भाई रामशरण गिरीलाई १२ बर्षकै उमेरमा नेपाली कांग्रेसका प्रभावशाली जिल्ला नेता मोहन बहादुर बस्नेतसंग तिनकुनेमा भेट गराउनुभएको थियो ।

सो भेटबाट नै गिरीलाई राजनीतीमा आउन लालायीत बनाएको थियो । बस्नेतको नागरीकप्रतिको सेवाभावबाट प्रभावित गिरीलाई राजनीतीमा आउने प्रेरणा जागेको हो । पछील्लो समय नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्यमन्त्रि बिष्णु बिक्रम थापाको राजनैतीक स्वभाव र सेवाभावमा गिरी पनि सामेल हुनुभएको छ । सक्रिय राजनीती गरीरहनुभएका सरल र मिजासिला स्वभावका गिरी हाल कृषि र साना व्यावसायमा आबद्ध रहनुभएको छ । पार्टीभित्र पनि उहाँ निष्ठावान नेताको रुपमा परीचीत हुनुहुन्छ । पार्टीको राजनीतीमा गिरीले गर्ने विष्लेशणले कार्यकर्तामा सन्तृष्ठी दीने गरेको कार्यकर्ताहरुले बताउने गरेका छन् ।

नेपाली कांग्रेसको सक्रिय राजनीतीमा रहनुभएका गिरी नेपाली कांग्रेसको १४ औं महाधीवेशनमा मेलम्ची नगर कार्यसमीतीको उपसभापती पदमा लोकप्रिय मतका साथ विजयी हुनुभएको थियो । त्यस लगत्तै भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको बहालवाल मेयर र मेयर पदका उम्मेद्वार रहेको वडामा पनि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार प्रथम पटक विजयी गराउन गिरीको महत्वपुर्ण भुमीका रहेको सोही वडाका नेता कार्यकर्ताले बताएका छन् । सो वडामा नेपाली कांग्रसले पहीलो पटक विजयी हासिल गरेको हो ।

पार्टीको सक्रिय राजनीतीसंगै समाजसेवामा पनि गिरीको उपस्थीति बलीयो रहेको छ । भुकम्प, कोरोना महामारी लगाएर हेलम्बु मेलम्चीमा आएको बाढीमा राहत, उद्धार र उपचारम गिरीको भुमीका उल्ल्ेखनीय रहेको छ । समानुपातीकमा नाम सिफारीस भएपस्चात गिरी जनचर्चाको रुपमा रहनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङ निवासी गिरीले विभिन्न सामाजीक संघसंस्थाको नेतृत्व र कार्यकुशलता देखाईसक्नु भएको छ । नागरीकको जिवनरक्षाका लागी धेरै कामहरु गरीसक्नुभएको छ । नागरिकको मलम बन्दै सामाजिक कार्यमा रमाउने गिरीलाई यसपटक सिन्धु कांग्रेसले अधि सारेको छ । राजनीति भन्दा समाजसेवा ठुलो हो भन्ने गिरीले विभिन्न स्थानहरुमा हुने विपदहरुमा बलीयो उपस्थीती जनाईरहनुभएको छ ।

कोरोना कालमा उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा अक्सीमिटर, थर्मलगन लगाएत स्वास्थ सामग्री नि शुल्क रूपमा बितरण गर्नुभएको थियो । अक्सिजन सिलिन्डर, प्यासेन्ट फोल्डिङ वेड, सर्जिकल मास्क, सेनिटाईजर, पि पि ई सेट लगाएत अत्यावश्यक सामाग्रीहरु उहाँले वितरण गर्नुभएको थियो ।

संकटको घडीमा राजनीति भन्दा समाजसेवामा लागि परेका गिरीलाई सामाजिक क्षेत्रमा अझै अघि बड्न समुदायका नागरिकहरुले आर्शिवाद दिएका छन् । गिरीले पनि आफु निरन्तर समाजसेवामा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय