BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

 

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्र बहादुर गोर्खाली (राजु)ले पार्टीको आधिकारीक उम्मेदवार जिताउन लाग्ने बताउनु भएको छ ।

उम्मेदवारको लागी आफुले पनि सशक्त दाबी पेश गरेको तर, पार्टीको निर्णय आपफ्नो पक्षमा नभए पनि मोर्चाबाट नभाग्ने उहाँले बताउनुभएको छ ।

पार्टीको आधिकारीक उम्मेदवारको पक्षमा मन, बचन र कर्मले लाग्ने उहाँले बताउनुभएको छ । पार्टीको पद्दती र अनुशासन आफुले पालना गर्ने उहाँले बताउनुभएको छ । जसमा सबै रहनुपर्नेमा उहाँले जोड दीनुभएको छ ।

“यसअघिका चुनावमा पनि उम्मेदवारलाई जिताउन सकेजति सहयोग गरेकै हुँ । यसपटक टिकट पाइन भनेपनि अबसर फेरि आउँछ भनेर पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लाग्छु” उहाँले भन्नुभयो ।

गोर्खालि १४ औं महाधिवेशनबाट कांग्रेसको महासमीती सदस्यमा लोकप्रिय मत ल्याएर विजयी हुनुभएको हो । पारीवारीक राजनीतीक पुष्ठभुमीमा हुर्कीनुभएका गोर्खालीले राजनीतीक संगैै सामाजीक काममा पनि सक्रियता देखाउनुभएको छ । उहाँका परिवारका सदस्य पनि राजनीतिमा सत्रि,य रुपमा रहेका छन् । यसैले आफूलाई प्रेरणा मिलेको उहाँले बताउनुभएको छ । घरमा नेता÷कार्यकर्ता आइराख्ने भएकोले पार्टी राजनीतिमा होमिन सहयोग पुगेको उहाँले बताउनुभएको छ ।

‘राजनीतियलाई पेशा बनाउन हुँदैन भनेर मैले बुझेको छु । राजनीतिमा अघि बढ्न मैले जनतालाई सक्दो सहयोग गरेको छु” उहाँले भन्नुभयो । सिन्धुपाल्चोक क्षेत्र नः २ का गोर्खालि पनि प्रतिनिधीसभाका लागी सिफारीस हुनुभएको थियो ।

लामो समयदेखी सिन्धुपाल्चोकमा सक्रिय नेपाली कांग्रेसको राजनिति र समाजसेवाका कारण पार्टीको उम्मेदवार जिताउन सहज हुने उहाँले बताउनुभएको छ । कांग्रेसबाट टिकट पाउने आधिकारिक उम्मेदवारलाई जिताउन पनि नेतृत्वदायी भुमिका खेल्ने गोर्खालीले बताउनुभयो । साथै जनताकाे सेवामा लिगिरहने उहांले बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय