BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

मेलम्ची बाढी प्रभावितहरूले प्रदेश सरकार भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश “ख” बाट निर्वाचित तामाङले सो कुरा बताउनुभएको हो ।

गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस गर्न नपाएको उहाँले बताउनुभएको छ । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिकाका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका धेरै नागरिकहरूले घरबार विहीन हुनुका साथै गरिखाने ठाँउ समेत गुमाएका छन् । आक्रान्त बनेका नागरिकको तत्काल पुनस्थापना हुनुपर्नेमा सांसद तामाङले जोड दिनुभएको छ ।

दुई वर्ष भइसक्दा पनि नागरिकहरू पुर्नस्थापित हुन नसकेको उहाँले बताउनुभयो । अब जतिसक्दो छिटो गरी नागरिकको पुनर्स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसका साथै नदी तटबन्ध गरी नागरिकलाई पुरानै अवस्थामा फर्काउनको लागी सांसद तामाङले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय