BREAKING
​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा |

आज धेरै ठाउँको मौसम धुम्म छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको  मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।

यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ । यस्तै, एसईईको परीक्षामा सहभागी हुने विद्यार्थी र काम विशेषले घर बाहिर जानेलाई छाता, रेनकोटलगायत ओडो बोक्न पनि सुझाव दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय