BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चाेक 

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ । जसमा सिन्धुपाल्चाेकबाट १३ जना परेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गर्दा सिन्धुपाल्चाेकबाट केन्द्रिय सदस्य हुनेमा हेमन्त श्रेष्ठ, दिपक नेपाल, करिना पुरी, अनिल सापकाेटा, निश्चल गिरी, प्रविण कुमार कार्की, राजकुमार भट्टराई, साजन तामाङ, साेनम लामा, विदुर भट्टराई, श्याम तामाङ, महेश्वर पाैडेल, मुकेश सेन्चुरी रहेका छन् ।

नेविसंघमा देउवाले ७१० जना मनोनीत गर्नुभएकाे हाे । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।

सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नुभएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय