BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

साउन ३० गते नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगन थापा मेलम्ची आउनुहुने भएकाे छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोककाे निमन्त्रणामा थापा मेलम्ची आउन लाग्नुभएकाे हाे ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमितिको परिपत्र र जिल्ला कार्यसमिति सिन्धुपाल्चोकमा भएको भेलाको निर्णय र निर्देशन बमोजिम संगठन सुदृढिकरण विषेश आन्तरिक अभियान कार्यक्रम श्रावण २०-३०, २०८० काे लागि प्रमुख अतिथिकाे रूपमा थापालाई निमन्त्रणा गरिएकाे क्षेत्रीय सभापती आइतमान तामाङले जानकारी दिनुभयाे ।

नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा नेपाली काँग्रेसका महामन्त्री मा. गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरू, प्रदेश प्रतिनिधि, नगरपालिका, गाउँपालिका सभापति, वडा/टोल सभापतिहरु, जनप्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरू, पार्टीका भ्रातृ तथा शुभेच्छुक संघ संघसंस्था लगायतलाई कार्यक्रममा निमन्त्रणा गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय