BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

आफुलाई झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै नविन लम्सालले राजिनामा दिएका छन् । ईन्द्रावति ९ का उनलाई चण्डेश्वरी माविमा झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै उनले विज्ञप्ति निकालेका छन्।

” इन्द्रावती गाउँपालिका वडा नं १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा मिति २०८० भाद्र ४ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नामक संगठनले आफ्नो संगठन निर्माण गर्ने क्रममा अनेरास्ववियु जिल्ला कमिटी सिन्धुपाल्चोक सह-संयोजक नवीन पाण्डे सहित जिल्ला कमिटी सचिवालय सदस्य सुशान्त नेपाल विद्यालयमा प्रवेश गरी सवै विद्यार्थीलाई पार्टीको भातृ संगठनको विषयहरु गुप्त राखी अन्य विषय खेलकुद, गाडीभाडा छुट, विद्यालयमा विद्यार्थीको हक अधिकार क्षेत्रमा छलफल गर्दै सबै उपस्थित ३१ जनाको माइनोटमा हस्ताक्षर गरी खेलकुद टिम निर्माण गरेको भन्दै पार्टीको भातृ संगठन निर्माण गरेको र पार्टीको झण्डा देखेपछी हामिले झण्डाको विषयमा कुरा राख्दा अहिले आवश्यक छैन आगामी दिनमा स्वम आफुलाई थाहा हुने बताउदै सवै जनालाई आवद्ध गराएको कुरा कार्यक्रम पश्चात सामाजिक संजालमा राखेपछी थाहा भएकोले उक्त कथित अध्यक्ष पदमा आजकै मितिदेखी म नविन लम्साल नरहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।” विज्ञप्तिमा लेखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय