BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

काठमाण्डाै,

बागमती प्रदेश सभाका सांसद कृष्ण कुमार तामाङले प्रदेशले आफ्नाे कार्यक्षेत्रमा विनियाेजन गरेकाे बजेट कुनै पनि वडामा पालिका बाट दिएकाे बजेट भन्दा कम नरहेकाे बताउनुभएकाे छ ।

विजया दशमी शुभ – दिपावली, नेपाल सम्वत् तथा छठ पर्वकाे पावन अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम लाई सम्बाेधन गर्दै तामाङले आफु सांसद भएपछि आफ्नाे कार्यक्षेत्रमा कराेडाैँ बजेट ल्याउन सफल भएकाे बताउनुभएकाे छ । संघ तथा प्रदेशले वडाहरूमा बजेट बिनियाेजन नगरेकाे भन्ने हल्ला सत्य नरहेकाे उहाँकाे भनाई छ ।

आफु सांसद भएपछि मेलम्ची नदि नियन्त्रण, बस्ती संरक्षण तथा सिंचाईका क्षेत्रमा बजेट विनियाेजन भएर काम समेत भईरहेकाे उहाँकाे भनाई छ । शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस नेता तामाङले नेपाली कांग्रेस सिन्धुपाल्चाेक सहि दिसामा नहिडेकाे समेत बताउनुभयाे ।

जिल्ला सभापती जंग बहादुर लामालाई लक्षित गर्दै तामाङले भन्नुभयाे,”जंगदाई कु बाटाेमा हिँड्नुभएकाे छ, हिजाे जहाँ हुनुहुन्थ्याे त्यहिँ आउनुस” ।

सिन्धुपाल्चाेकमा गुटगत भेला गर्दै ८४ काे चुनावकाे लागि अहिल्यै टिकट बाँडेर केहि ब्यक्तिहरू हिँड्ने गरेकाे तामाङले बताउनुभयाे । “१५ औं महाँधिवेशनकाे नेतृत्वले टिकट बितरण गर्नेछ, अहिलेकाे नेतृत्वले हाेइन”, तामाङले भन्नुभयाे । सिन्धुपाल्चाेकमा सच्चा राजनिति गर्ने माेहन बस्नेत समूह भएकाे भन्दै, अरू सबैले भ्रमकाे खेती गरेकाे उहाँकाे आराेप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय