BREAKING
​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा |

सिन्धुपाल्चोकको जुगल गाँउपालिकामा बिकास निर्माण सम्बन्धि भईरहेका कामहरुको सुचना माग्दा उल्टै लाञ्छना लगाएको सुचना बाहीरीएको हो ।

नेपालि काँग्रेस जुगल गाँउपालिकाका सभापति सगुन श्रेष्ठको नेतृत्वमा गएको समुहले पालिकामा सुचनामा लागि निवेदन पेष गरीएको थियो । सो सम्बन्धमा नेपालि काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले प्रेश विज्ञप्ती निकालेको छ ।

यस्तो छ विज्ञप्तीमा

कुनै पनि सरकारी कार्यालयमा भईरहेको कामकार्वाहीका सम्बन्धमा सूचना माग गर्न पाउनु प्रत्येक नेपाली नागरिकहरुको हक हो र संविधानले नै दिएको प्रदत्त अधिकार हो । यसै क्रममा मिति २०८० पौष १७ गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा भईरहेको विकास निर्माण लगायत अन्य विविध विषयमा जानकारी पाउनका लागी नेपाली कांग्रेस जुगल गाउँपालिकाका सभापति सगुन श्रेष्ठको नेतृत्वमा लिखित निवेदन सहित प्रमुख प्रशासकिय अधिकृतलाई सूचना उपलब्ध गराईदिन अनुरोध गर्दा सूचना उपलब्ध गराउन आनाकानी र आलटाल गरे पश्चात भएको छलफल र तर्क वितर्क गरेको विषयलाई नै अतिरञ्जित लान्छना लगाई पालिकाको तर्फबाट सभापति सगुन श्रेष्ठ, तरुणदल जिल्ला सदस्य दिप बिक्रम श्रेष्ठ, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य विशाल अधिकारीलाई राजनितीक पूर्वाग्रह राखी झुट्टा मुद्धा लगएको विषय दुर्भाग्यपूर्ण छ । चित्त नबुझेको विषयमा अझै वृहत र घनिभूत रुपमा छलफल गरी सहमतीमा पुग्न सक्ने अवस्था हुदाहुँदै एक्कासी उक्त पालिकाका कांग्रेसका जिम्मेवार नेता सभापति लगायत साथीहरुमाथी लगाएको मुद्धा सम्बन्धमा नेपाली कांग्रेस सिन्धुपाल्चोक गम्भिर आपत्ति प्रकट गर्दछ । तसर्थ अतिरञ्जित लान्छना लगाई दर्ता भएको मुद्धा यथाशिघ्र फिर्तालिन नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समिति सम्बन्धित पक्ष संग आग्रह गर्दछ । भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय