BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

​सिन्धुपाल्चोक ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जसमा जिल्ला सभापति जंगबहादुर लामाको नाम दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस भएको छ।
​केन्द्रीय कार्यसमितिको परिपत्र र पार्टी विधानको धारा ३२ (८) बमोजिम बसेको जिल्ला र क्षेत्रीय कार्यसमितिको बैठकले लामालाई दुवै क्षेत्रका लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको हो।
​दुवै क्षेत्रमा लामाको दाबेदारी
​जिल्ला कार्यसमितिले सार्वजनिक गरेको नामावली अनुसार क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र युवा नेता महेन्द्र लामासँगै सभापति जंगबहादुर लामाको नाम सिफारिस गरिएको छ।
​त्यसैगरी, क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति (प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २) ले पनि सभापति लामालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्र नं. २ बाट लामासँगै वंशलाल तामाङ, विकास तामाङ, निमा लामा लगायत १६ जनाको नाम सिफारिसमा परेको छ।
​अन्य सिफारिसहरू
​क्षेत्र नं. १ (समानुपातिक): डा. प्रेमध्वज लामा, दोर्जे लामा, बलदेव तिमल्सिना सहित १२ जना रहेका छन् ।
​क्षेत्र नं. २ (समानुपातिक): शिवबहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनार रहेका छन् ।
​राष्ट्रिय सभा: क्षेत्र नं. १ बाट हरिशरण श्रेष्ठ सहित ५ जना र क्षेत्र नं. २ बाट राजेन्द्रमान ताल्चाभँडेल सहित ४ जनाको नाम सिफारिस भएको छ।
​दुवै क्षेत्रबाट सिफारिसमा परेसँगै सभापति लामाको राजनीतिक चर्चा जिल्लामा चुलिएको छ। यी नामहरूमाथि थप छलफल र अन्तिम निर्णयका लागि बागमती प्रदेश कार्यसमिति र केन्द्रमा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय