सिन्धुपाल्चोक
निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को चुनावी मैदान रोचक मात्र होइन, वारपारको लडाइँ जस्तो देखिएको छ। यसपटक मतदाताहरू “पुरानै अनुहारको अकर्मण्यता” र “अवसरवाद” विरुद्ध स्पष्ट देखिएका छन्। मैदानमा रहेका तीन मुख्य पात्रहरू बीचको तुलनाले नै बताउँछ कि यसपटकको बाजी किन वंशलाल तामाङको हातमा छ।
शेरबहादुर तामाङ (नेकपा एमाले): “पटक-पटक जिते, तर परिणाम शून्य”
नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ यस क्षेत्रका लागि पुराना अनुहार हुनुहुन्छ। पटक-पटक चुनाव जितेर मन्त्री समेत बनेका शेरबहादुरमाथि यसपटक मतदाताको एउटै प्रश्न छ “जितेर गएपछि सिन्धुपाल्चोकले के पायो?” धेरै पटक अवसर पाउँदा पनि क्षेत्रको विकासमा सिन्को नभाँचेको आरोप उहाँ माथि छ। जनताका आधारभूत समस्या ज्युँका त्युँ रहनु र चुनावका बेला मात्र गाउँ छिर्नु उहाँको मुख्य कमजोरी बनेको छ। एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हार्नुभयो भने पछिल्ला दुवै चुनाव जित्नुभएको थियो । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बन्नुभएका उहाँले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु परेको हो । विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जित्नुभएको थियोे । तीन वटा निर्वाचन क्षेत्र घटेर दुईवटामा झरेपछि तामाङ २०७४ सालमा बाम गठबन्धनबाट क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । २०७९ मा तामाङ लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार माेहन बहादुर बस्नेतसँग पराजीत हुनुभएकाे हाे ।
युवराज दुलाल (नेपाली कम्युनिस्ट पार्टी): “जनताको म्यान्डेटमाथि धोका”
नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज दुलालमाथि “राजनीतिक नैतिकता” को ठूलो प्रश्न उठेको छ। जनताले उहाँलाई ५ वर्षका लागि प्रदेश सभामा काम गर्न म्यान्डेट दिएका थिए। तर, कार्यकाल नसकिँदै र प्रदेशको जिम्मेवारीलाई बीचमै अलपत्र छाडेर प्रतिनिधि सभा ताक्नुलाई मतदाताले ‘पदलोलुपता’ को रूपमा हेरेका छन्। “जहाँ पद, त्यहीँ हाम फाल्ने” प्रवृत्तिका कारण दुलालप्रति जनताको भरोसा डगमगाएको छ। दुलाल २०७४ मा पनि क्षेत्र नम्बर २ काे प्रदेश सभा ‘क’ बाट तत्कालीन एमाले र माओवादीकाे गठबन्धनबाट विजयी हुनुभएकाे हाे भने २०७९ मा काँग्रेस र माओवादीकाे गठबन्धनबाट विजयी हुनुभएकाे हाे । बागमती प्रदेशमा पटक पटक मन्त्रि हुनुभएका दुलाल प्रदेशसभामा ईमेल मार्फत राजीनामा बुझाएर प्रतिनीधी सभाकाे टिकट लिएर आउनुभएकाे हाे । पटक पटक मन्त्रि बन्दा केही कामहरु गरेपनी दुलाल आफ्ना कार्यकर्ताकाे परीधी भित्र मात्रै रहनुले पनि दुलाललाई याे निर्वाचन असहज हुने छ । यसै पनि पार्टी संगठनकाे मत अरु २ उम्मेदवारकाे भन्दा दुलालकाे कम रहेकाे छ ।
वंशलाल तामाङ (नेपाली कांग्रेस): “विकासको ब्राण्ड र भरोसाको खम्बा”
यी दुई ‘गफ र अवसर’ को राजनीति गर्नेहरूका बीचमा वंशलाल तामाङ एक ‘काम गर्ने नेता’ का रूपमा उदाउनुभएकाे छ । उहाँको पक्षमा लहर आउनुका तीन मुख्य कारणहरुमा पहीलाे हाे प्रमाणित नतिजा : ईन्द्रावती गाउँपालिकाको अध्यक्ष हुँदा उहाँले पालिकालाई देशकै नमुना बनाएर देखाउनुभयाे। उहाँसँग “गरेर देखाएको” इतिहास छ, जुन विपक्षीसँग छैन। दाेस्राे हाे धरातलीय सम्बन्ध : विद्यार्थी राजनीतिदेखि नै भुइँतहका कार्यकर्ता र जनताको सुख-दुःखमा साथ दिएका कारण उहाँलाई ‘आफ्नै मान्छे’ ठान्नेहरूको ठूलो पंक्ति छ। तेस्राे हाे स्थिरता र निष्ठा : उहाँ न त शेरबहादुर जस्तो जितेर हराउने नेता हुनुहुन्छ, न त युवराज जस्तो जिम्मेवारी छाडेर पदको पछि कुद्ने पात्र। वंशलाल जे बोल्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ भन्ने छाप मतदातामा गहिरो छ। अमेरीकाकाे ग्रिन कार्ड त्यागेर तामाङ जनताकाे सेवामा तल्लीन रहनुभएकाे छ ।
“एकातिर पटक-पटक परीक्षण भएर असफल भएकाहरू छन्, अर्कोतिर जनताले दिएको जिम्मेवारी बीचमै छाड्नेहरू। यस्तोमा विकासप्रेमी सिन्धुपाल्चोकबासीको निर्विकल्प रोजाइ ‘वंशलाल’ नै हुनुहुन्छ।” सिन्धुपाल्चोक-२ ले यसपटक ‘परीक्षण’ होइन, ‘परिणाम’ खोजेको छ। शेरबहादुरको अकर्मण्यता र युवराजको अवसरवादको विकल्पमा वंशलाल तामाङको ‘विकासवादी छवि’ नै यस निर्वाचनको निर्णायक शक्ति बन्ने निश्चित छ। विपक्षीहरूको किल्ला अहिले बालुवाको महल जस्तै धर्मराएको छ भने वंशलालको ‘विजयी यात्रा’ सुनिश्चित बन्दै गएकाे छ ।
