BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

मेलम्ची,

बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङले मेलम्ची क्षेत्रको विकासका लागि आफूले विशेष पहल गरिरहेको बताउनुभएको छ। मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले फट्टेको पुल निर्माणका लागि भौतिक मन्त्रालयमा टेबल ठोकेरै बजेट विनियोजन गराएको खुलासा गर्नुभयो। ​

मेलमची नगर सिमतीकाे आयाेजनामा भएकाे नगर स्तरीय चुनावी सभालाइ सम्बोधनका क्रममा उहाँले मेलम्चीको पुल बहादुरसिंह लामा मुख्यमन्त्री हुँदा नै विनियोजन भएको स्मरण गराउँदै मेलम्ची क्षेत्रमा पछिल्लो समय उल्लेख्य विकास भइरहेको दाबी गर्नुभयो। हाल निर्माणाधीन अवस्थामा रहेका पुल र सडकका आयोजनाहरू सम्पन्न भएसँगै यस क्षेत्रले विकासमा ठूलो फड्को मार्ने उहाँको विश्वास छ। बाढी र विपदका कारण क्षत–विक्षत भएको मेलम्ची र हेलम्बुको पुनर्निर्माणका लागि प्रदेश सरकारले धेरै बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले जनताको सुख–दुःखमा आफू सधैँ साथमा रहने प्रतिबद्धता समेत जनाउनुभयो। ​

यसैबीच, मन्त्री तामाङले यस क्षेत्रको बाँकी विकासका योजनाहरूलाई पूर्णता दिन र समृद्धिको सपना साकार पार्न बंशलाल तामाङको साथ आवश्यक रहेको बताउनुभयो। मेलम्ची क्षेत्रको मुहार फेर्नका लागि उहाँले जित्न जरुरी रहेको भन्दै मन्त्री तामाङले राजनीतिक सहकार्य र विकासलाई सँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय