BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

हेलम्बु, नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चाेक क्षेत्र नं २ का उम्मेद्वार बंशलाल तामाङले हेलम्बु गाउँपालिका वडा नं. २ ठुलोचौरमा मतदाता भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवारसमक्ष आफ्ना गुनासा तथा अपेक्षाहरू राखेका थिए।

स्थानीय बागदल तामाङ (काले)ले चित्रे जाने बाटो र चिहानडाँडा जाने सडक निर्माण गर्नुपर्ने माग राख्दै गुम्बा व्यवस्थापन र पाहुना घर आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसले गाउँपालिकामा जित हासिल गरेपछि विकासका कामहरू अघि बढेको उल्लेख गर्दै यसपटक पनि विकासकै लागि मत दिने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी स्थानीय होमबहादुर भण्डारीले कांग्रेस नेतृत्वमा गाउँपालिकामा स्वास्थ्य सेवा सुधार भएको बताउनुभयो। अर्का स्थानीय तारानाथ भण्डारीले गाउँमै रोजगारी सिर्जना गर्ने विषयमा उम्मेदवार केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कांग्रेस उम्मेदवार तामाङलाई समर्थन गर्दै मतदान गर्न अपिल गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार तामाङले हेलम्बु गाउँपालिकाले दीर्घरोगीहरूको उपचारमा विशेष पहल गरेको र शिक्षाक्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच समन्वय गरेर हेलम्बुको समग्र विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, मेलम्चीमा सम्पर्क कार्यालय स्थापना गरी जनताका गुनासा सुन्ने र समाधान गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय