BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कका ११ जना युवा विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। उनीहरूले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेस रोजेका हुन्।

कांग्रेस प्रवेश गर्नेहरूमा बिकेस श्रेष्ठ, बुद्ध नारायण श्रेष्ठ, सुन लामा स्याङ्बो, मंगले स्याङ्बो, दावा श्रेष्ठ, दमाई सिंह बोम्जन, जीवन तामाङ, गोपी कृष्ण श्रेष्ठ, मनसिं पाख्रिन, सुजन पाख्रिन र टेक बहादुर श्रेष्ठ रहनुभएकाे छ । नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङ (सिन्धुपाल्चोक क्षेत्र नं. २) ले पार्टीमा स्वागत गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्ण कुमार तामाङ समीरले कांग्रेसले जितेको तीन वर्षमै बाँसखर्क क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्नुभयाे। उहाँका अनुसार फट्टेको पुल निर्माण प्रक्रियामा रहेको छ, स्थानीय सडक स्तरोन्नति हुँदैछ तथा मेलम्ची–भोताङ सडकका लागि १६ करोड शुनिस्चित भइसकेको छ। नेता तामाङले यस क्षेत्रका दीर्घकालीन समस्याको समाधान नेपाली कांग्रेसबाट मात्र सम्भव हुने दाबी गर्दै विकास र स्थायित्वका लागि कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभयाे ।

उम्मेदवार वंशलाल तामाङको सक्रियतासँगै यस क्षेत्रमा युवाहरूको कांग्रेसप्रति आकर्षण बढ्दै गएको बताइएको छ। हालसम्म करिब ४० जना युवा कांग्रेस प्रवेश गरिसकेको आयोजकले जनाएको छ। नवप्रवेशी युवाहरूले पनि पार्टीप्रति उत्साह र प्रतिबद्धता व्यक्त गरेका छन्। यसले पनि वंशलालकाे जित निश्चयप्राय भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय